Logo

प्रहरीकै मोटरसाईकल लिएर कैदी फरार, भगाउन सहयोग गर्ने प्रहरी जवानको जागिर संकटमा



दाङ, पुस ९ । घोराही कारागारमा कैद भुक्तान गरिरहेका कैदी प्रहरीकै मोटरसाईकल लिएर भागेका छन्। बन्दीका ‘नाईके’ समेत रहेका यमराज परियार प्रहरीको मोटरसाईकलसहित फरार भएका हुन् ।

छालामा समस्या भएको भन्दै उपचारको ‘बहाना’ मा प्रहरी जवान धनवहादुर चौधरीको मोटरसाईकल चढेर राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुगेका परियारी अस्पताल परिसरबाट फरार भएका हुन् । कर्तव्य ज्यान मुद्धामा कैद सजाय भोग्दै आएका परियारले लगेको प्रहरीको मोटरसाईकलसमेत फेला पर्न सकेको छैन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश प्रशाद काफ्लेका अनुसार खोजी कार्य जारी रहेपनि अहिले सम्म फेला परेको छैन। प्रहरी जवान चौधरीकै मिलेमतोमा ति कैदीलाई भगाउन सहयोग गर्ने अर्का एकजनासहित प्रहरी जवान चौधरी नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।

कारागार प्रशासनको कमजोरी कैदी सहजै भाग्न सफल भएको अनुसन्धानले देखाएको छ। काकारागार नियमानुसार कैदीहरु उपचार जानका लागि अस्पताल जान परेमा प्रहरीलाई ‘आवश्यक सुरक्षा सहित’ अस्पताल सम्म पुर्‍याईदिन भन्दै प्रहरीलाई पत्राचार गर्छ। अनि सोही पत्रका आधारमा प्रहरीले कैदीहरुलाई अस्पताल सम्म पुर्‍याउने गर्दछ।



प्रतिक्रिया दिनुहोस्