Logo

क्यानको वार्षिक साधारणसभा स्थगित



काठमाडौं, ९ पुस । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ ।

क्यानले बिहीबार एक विज्ञप्ति निकाल्दै साधारणसभा स्थगित गरिएको बताएको हो ।

केहि जिल्ला संघले अधिवेसन सकिएपछि मात्र साधारणसभा गर्न अनुरोध गरेपछि स्थगित गरिएको क्यानले विज्ञप्तीमा भनेको छ ।

‘नयाँ मिति तय गर्ने गरी हाललाई उक्त साधारण सभा स्थगित गरिएको ब्यहोरा सम्बन्धित सबैलाइ जानकारी गराईन्छ’, विज्ञप्तिमा लेखिएको छ ।

क्यानको बोर्ड बैठकले पुस १४ र १५ गते धनगढीमा साधारण सभा गर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्