Logo

सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा नेपालको दोस्रो जित



काठमाडौं, ९ पुस । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।

बंगलादेशको ढाकामा भएको खेलमा शुक्रबार माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपालले माल्दिभ्समाथि २५–११, २५–९ र २५–५ सेटमा जित निकालेको हो ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ को सेटमा हराएको थियो ।

अब नेपालले तेस्रो खेलमा शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्