Logo

चीन सरकारले धार्मिक सामग्री फैलाउने विदेशी संघसंस्था र व्यक्तिहरुमाथि लगायो प्रतिबन्ध



एजेन्सी, ९ पुस। चीन सरकारले धार्मिक सामग्री फैलाउने विदेशी संघसंस्था र व्यक्तिहरुमाथि प्रतिबन्ध लगाएको छ। अनलाईनमार्फत चीनभित्र धार्मिक सामग्री फैलाउन खोज्ने ति निकायमाथि सरकारले प्रतिबन्ध लगाएको हो।

चिनियाँ सञ्चारमाध्यममा बुधबार प्रकाशित रिपोर्टअनुसार कुनैपनि विदेशी संघ संस्था एवम् अधिकारीहरुले चीनमा धार्मिक अनुष्ठानबारे कुनैपनि सुचना र सामग्रीलाई अनलाईनमार्फत प्रकाशन र प्रकाशन गर्न पाउने छैनन्। त्यस्ताखाले सामग्री प्रसारण एवम् प्रकाशनको लागि ति निकायहरुले चीनको धार्मिक नियमकहरुको अनुमती लिनुपर्ने साउथ चाइना मर्निङ पोष्टमा उल्लेख छ।

करिब दुई हप्ताअघि चीनमा धार्मिक मामिलालाई व्यवस्थित बनाउने उदेश्यले बेइजिङमा आयोजित चिनियाँ राष्ट्रपति सि जिङपिङ सम्मिलित धार्मिक सम्मेलनपछि सरकारले सो निर्णय गरेको बताइएको छ। चीनको आन्तरिक सुरक्षाको लागि सरकारले सो निर्णय गरेको समेत बताइएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्