Logo

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा आन्ध्र प्रदेशको वेंकटेश्वर स्वामी मन्दिरमा पूजा-अर्जना



तिरुमाला, ९ पुस : श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्ष र उनकी धर्मपत्नी शिरान्ती राजपाक्षले शुक्रबार तिरुमालाको प्रसिद्ध पहाडी वेंकटेश्वर स्वामीको मन्दिरमा पूजा-अर्चना गरेका छन् । उनीहरू हाल भारतको तीर्थयात्रामा छन् ।

यसअघि मन्दिरको महाद्वारम आइपुग्दा उनलाई तिरुमाला तिरुपति देवस्थानमका संयुक्त कार्यकारी अधिकृत वीरब्रह्मम र प्रमुख सतर्कता र सुरक्षा अधिकारी गोपीनाथ जट्टीले स्वागत गरेका थिए । मन्दिर दर्शनपछि रंगनायकुला मण्डपममा वैदिक पण्डितहरूले उनलाई प्रसाद प्रदान गरे ।

आन्ध्र प्रदेशका उपमुख्यमन्त्री नारायण स्वामी पनि श्रीलंकाका प्रधानमन्त्रीको तिरुमाला मन्दिर भ्रमणका क्रममा उपस्थित थिए।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्