क्रिसमसमा सार्वजनिक बिदा दिने सरकारकाे निर्णय


काठमाडौँ, ९ पुस। सरकारले इसाई धर्मावलम्बीहरुको महान चाँड क्रिसमस डेको अवसरमा भोलि (शनिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका हुन् ।