Logo

‘ए’ डिभिजन लिगः एपीएफ र न्युरोड बीचको रोमान्चक खेल बराबरीमा रोकियो



काठमाडौं, ९ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लब र न्युरोड टिमबीचको रोमान्चक खेल बराबरीमा रोकीएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफ र एनआरटीले ३–३ गोलको बराबरी खेलेको हुन् ।

खेलको ३२औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाए ।

तर, खेलको ३७औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा फर्काए ।

खेलको ४८औं मिनेटमा दर्शनले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २–१ को अग्रता दिलाए ।

६०औं मिनेटमा मेसुकेले गोल गर्दा एनआरटीले ३–१को अग्रता बनायो ।

खेलको ६५औं मिनेटमा एपीएफका दिपेश धिमालले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याएका थिए ।

साथै, ६९औं मिनेटमा नविन लामाले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै एपीएफले ६ खेलमा ५ अंक जोडेको छ भने एनआरटीले ७ अंक जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्