Logo

देउवाको भारत भ्रमण निश्चित



काठमाडौं, ९ पौष । प्रधानमन्त्री शेरबहादुर देउवा पौषको अन्तिम साता भारत भ्रमणमा जाने निश्चित भएको छ । उनी ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा सहभागी हुन जाने निश्चित भएको हो ।

विश्वस्त स्रोतका अनुसार देउवा गुजरातको गान्धीनगरमा २६ देखि २८ पौषमा हुने समिटमा सहभागी हुने गरी जानेछन् । उनले भारत भ्रमणमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।

देउवाले मोदीको गृहराज्य गुजरातको समिटमा सहभागिता जनाउने गरी जाने तयारीलाई अर्थपूर्ण मानिएको छ । भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी छ ।

भारतीय पक्ष देउवाको भ्रमणको तयारीमा जुटेको छ । परराष्ट्र मन्त्रालय पनि भ्रमणको तयारीमा सक्रिय छ ।

नेपाली काँग्रेसका सभापति समेत रहेका देउवा अर्को कार्यकालका लागि नेतृत्वमा निर्वाचित भएपछि भारत जाने तयारी गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot