Logo

समिक्षा गर्नुपर्ने दिन आयो



सुनिल तिवारीः आज हामी निस्चय पनि चिन्तित छौ। हामीले मानेका हाम्रा राजनीतिक धरोहरहरु र आस्था बिचलित भइरहँदा हामीले रोजेको यात्रा तय गर्न अझै पनि हामी सक्षम छौ कि छैनौ समिक्षा गर्न पर्ने बेला आएको छ। जुन बिचार र सिद्दान्त बोकेर हामी ले हाम्रो बाटो रोजेका छौ, यस्तै तरिकाले हामी हाम्रो गन्तब्य मा पुग्न सक्छौ त ? होला भलै नेतृत्व निर्मम हुन्छ हामीले बुझी आएको कुरा हो। दिन रात भोक तिर्खा नभनी यो अनेरास्ववियु को आन्दोलन मा होमिएका योद्दाहरु मैदान परिवर्तन गर्न पर्ने दिन किन आयो ?

नेतालाई कार्यकर्ता चाहिने कि कार्यकर्तालाई नेता ? समय चक्र उल्टो घुम्न लाग्यो। बिचलन आयो। त्यसकारण हामी चिन्तित छौ। आज अनेरास्ववियु सचिवालय सदस्य कमरेड आर्जन वाग्ले समाजवादी मा प्रवेश गर्दै गर्दा हामीले आज देखिरहेको नेतृत्वलाई यो ठाउँ सम्म स्थापित गर्न लागेका सबै श्रम पसिना रगत माटो मा मिलेको भाव मेरो मन मा आइरहेको छ। कतै यस्ता घटना दोहोरिदै जाने त होइन ? हामी त्यसकारण चिन्तित छौ।

आज पो को हो हाम्रो प्रधान शत्रु घोषणा गर्न छोडियो । हिजो घोषणा गरेर लड्दै भिड्दै यो संगठनको गरिमालाई बचाएको हो। अब फेरी लड्नु पर्दैन होला र ? हाम्रो लडाईं समाप्त भयो भन्नु मुर्खता हो। अनेरास्ववियुले समिक्षा गर्नुपर्ने दिन आएको छ। त्यसकारण बिचलित हुन बाट कार्यकर्तालाई रोक्नु पनि आज को उत्तिकै आवश्यकता छ। त्यसकारण हामी चिन्तित छौ।-तिवारी अनेरास्ववियूका केन्द्रीय सदस्य हुन्



प्रतिक्रिया दिनुहोस्