Logo

देशले अब माओवादीको नेतृत्वदायी भूमिका खोजिरहेको छ : शक्ति बस्नेत (भिडिओसहित)



काठमाडौं, १० पुस । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले पार्टीको भोलिबाट सुरु हुने राष्ट्रिय सम्मेलनले नीति र विचार नयाँ बोक्ने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अब पार्टीमा नयाँपन आउने पनि दाबी गरे ।

उनले अब सम्मेलनमा नीतिबारे मात्रै बहस हुने विश्वास दिलाए । उनले कतिपय ठाउँमा आफूहरु चुकेको र यसपटक ईमानदारीपूर्वक समिक्षा गरिने पनि स्पष्ट पारे । बस्नेतले अब मुलुकले माओवादीको नेतृत्वदायी भूमिका खोजिरहेको पनि स्पष्ट पारेका छन् ।

उनले माओवादी नेतृत्वदायी भूमिका पुग्न किन सम्भव नहुनु भन्दै प्रश्न गरे । उनले २०६४ सालमा पनि धेरैलाई माओवादी पहिलो दल बन्छ भनेर नलागेको भएपनि पहिलो दल बनेको स्मरण गराए । उनले अहिले माओवादीकै एजेण्डामा मुलुक अघि बढिरहेको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot