Logo

ओमिक्रोन बढेपछि अमेरिकामा सयौं उडान रद्द



एजेन्सी, १० पुस। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढेपछि अमेरिकामा सयौं उडानहहरु रद्द भएका छन् । क्रिसमस मनाउन अन्य स्थानका लागि टिकट लिएकाहरुले ओमिक्रोन त्रासका कारण उडान रद्द गरेपछि हवाइ कम्पनीहरु मारमा परेका छन् । शुक्रबार मात्र विश्वभर ४ हजार उडानहरु रद्द भएका छन् ।

जसमा सवै भन्दा बढी अमेरिकी उडानहरु रद्द भएको बीबीसीमा समाचार छ । अमेरिकामा पनि ओमिक्रोनको संक्रमण बढदै गएको छ । दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन हाल विश्वका अधिकांश मुलुकमा फैलिसकेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्