Logo

चुनावसम्म संसद् अवरोध गर्ने एमाले अध्यक्ष ओलीको टिप्पणी



काठमाडौं, १० पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अर्को चुनाव नभएसम्म संसद् अवरोध गरिरहने बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले चुनावबाट अर्को संसद नआएसम्म संसदु अवरोध कायम रहने बताए । पछिल्लो समय एमालेले संसद् अवरोध गरिरहेको छ । पार्टीले कारबाही गरेका सांसदहरुलाई संसद्ले नमानेको भन्दै एमालेले संसद् अवरोध जारी राखेको छ । यही सन्दर्भमा पत्रकाहरुले संसद अवरोध कहिलेसम्म भनेर आज प्रश्न सोधेका थिए। त्यसको जवाफमा ओलीले चुनावसम्म भनेर जवाफ दिए । अध्यक्ष ओलीले अहिले बलजफ्ती संसद चलाईएको आरोप लगाए ।

अध्यक्ष ओली पार्टी काममा झापा पगेका छन् । ओली झापामा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनको लागि आज त्यहाँ पुगेका हुन् । उनी झापामा तीन दिन रहने जनाईएको छ । पार्टीको झापा जिल्ला कमिटीद्वारा आयोजित विविध कार्यक्रममा भाग लिन, अनेरास्ववियुको सचिवालय बैठकलाई सम्बोधन गर्न र विकास निर्माणसँग सम्बन्धित विषयमा जानकारी लिन तीन दिनका लागि ओली गृहजिल्ला झापा पुगेको पार्टीले जनाएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot