Logo

प्रचण्डको खुलासाः माधव नेपाल र बाबुराम भट्टराईसँग पार्टी एकता कि चुनावी गठबन्धन



काठमाडौं, १० पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईसँग पार्टी एकताका लागि छलफल अगाडि बढेको खुलासा गरेका छन् । उनले दुई नेतासँग पार्टी एकता गर्ने या चुनावी गठबन्धन मात्र गर्नेबारे छलफल बढेको बताएका हुन् ।

‘माधव नेपाल र बाबुरामजीहरुसँग अहिले गठबन्धनमा सँगै छौं,’ प्रचण्डले आज सम्पादकहरुसँगको अन्र्तक्रियामा भने, ‘चुनावी मोर्चा गर्ने कि पार्टी एकता गर्नेबारे छलफल चलिरहेका छन् ।’

प्रचण्डले बाबुराम भट्टराईसँग जनयुद्ध देखि पछि सम्म सहकार्य गरेको भन्दै एकताको सम्भावना औल्याए । माधव नेपालसँग पनि ओलीविरुद्धको संघर्षमा साथ रहेकाले एकता हुनसक्ने बताए ।

माओवादीको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा प्रचण्डले विचार मिल्ने पार्टी र नेताहरुसँग एकता वा चुनावी गठबन्धनबारे महत्वपूर्ण खुलासा गरेका हुन् । आगामी चुनावमा प्रचण्डले पूर्वमाओवादीलाई एक बनाएर माधव नेपालसँग समेत सहकार्य गरेर अगाडि बढ्ने रणनीति बनाइरहँदा पछिल्लो खुलासा गरेका हुन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot