Logo

‘ए’ डिभिजन लिगः आज संकटा र ब्रिगेड ब्वाइज तथा थ्री स्टार र आर्मी भिड्दै



काठमाडौं, ११ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछन् ।

आइतबार हुने पहिलो खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

संकटा ५ खेलमा ९ अंकका साथ चौंथो स्थानमा रहेको छ भने बिग्रड ५ अंकका साथ १०औं स्थानमा रहेको छ ।

दोस्रो खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् । थ्री स्टार र आर्मीबीचको खेल साझँ ४ः४५ बजे सुरु हुनेछ ।

५ खेलमा ९ अंकका साथ आर्मी तेस्रो स्थानमा रहेका छ भने थ्री स्टार ५ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot