Logo

माओवादीले पनि बढायो पदाधिकारीको संख्या



काठमाडौं, ११ पुस । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन सुरु हुन केही बेरमात्र बाँकी रहँदा पदाधिकारीको संख्या बढाएको छ । माओवादी केन्द्रको पेरीस डाँडामा बसेको आजको केन्द्रीय समितिको बैठकले पदाधिकारीको संख्या बढाउने निर्णय गरेको हो । निर्णयसँगै अब माओवादीमा १५ पदाधिकारी हुनेछन् ।

माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था गरिएको छ ।

माओवादीको राष्ट्रिय सम्मेलन आज अपरान्ह्र ३ बजे काठमाडौंको प्रज्ञा–भवनमा उद्घाटन हुने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot