Logo

चन्द्रे कामी र सुन्तली मल्लको विवाहका लागि उमेर नपुगेपछि…



काठमाडौं, ११ पौष । अन्तरजातीय प्रेमसम्बन्धका कारण चन्द्रे कामी र सुन्तली मल्ल पक्षबीचको विवाद मिलेको छ । दुवैको उमेर नपुगेकाले भविष्यमा केटा र केटीबीच सहमति बनेमा राजीखुशी विवाह गर्ने सहमति बनेको हो ।

चन्द्रे र सुन्तली दुवैको उमेर १९ वर्ष देखिएको छ । हुम्लाको सर्केगाड गाउँपालिका जैर नात्ताका चन्द्रे कामी र मुगुको सोरु गाउँपालिका लिप्रुगाउँकी सुन्तली मल्ल अब उमेर नपुगुञ्जेल आफ्नै घरमा बस्ने सहमति बनेको हो । कानुनबमोजिम उमेर नपुगेकाले विवाह गर्न नमिल्ने भएको छ । भागेर गएपछि चन्द्रे कामी र सुन्तली मल्लले विवाह दर्ता गर्न प्रयास गर्दा पनि मिलेको थिएन । दुवैको उमेर नपुगेकाले विवाह दर्ता नभएको बुझिएको छ ।

५ मंसिरमा चन्द्रेले सुन्तलीलाई भगाई आफ्नो घर लगेका थिए । सुन्तलीका आफन्त चन्द्रेको घर पुगी दुवैलाई राति लिएर गएका थिए । चन्द्रे राति जंगलमा भागेका थिए । ७ पौषमा उनी खार्पुनाथ गाउँपालिकामा भेटिएका थिए ।

१४ जेठबाट प्रेम सम्बन्धमा रहेका दुवैले विवाह गर्ने योजना बनाएका थिए । योजना अनुसार भागेपनि युवती पक्ष चन्द्रेको घरमै पुगी हातपात गरेको खुलेको छ । युवती पक्षले हातपात गरेको भन्दै माफी मागेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्