Logo

हाम्रो पहलमा आएको गणतन्त्र राष्ट्रको एजेण्डा बन्यो : पम्फा भुसाल



काठमाडौँ, ११ पुस। नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य पम्फा भुसालले नेपालमा गणतन्त्र स्थापना माओवादीकै कारण भएको दाबी गरेकी छन्। आज (आइतबार) माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

सम्बोधन गर्दै उनले भनिन्,‘क्रान्तिकारी धार निर्माण गर्दै हामी अघि बढेका छौं। समावेशी संविधान निर्माणको अभ्यास प्रक्रियामा छौं। हामीले सहकार्यमार्फत् आमुल परिवर्तन गर्‍यौं। हाम्रो पहलमा आएको गणतन्त्र राष्ट्रको एजेण्डा बन्यो। ’

समाजवाद उन्मुख राष्ट्र निर्माण गर्नुपर्ने उनले बताइन्। प्राप्त उपलब्धिको संस्थागत गर्दै समाजवाद उन्मुख समाजमा जानका लागि महाधिवेशनले विगत र वर्तमानको समीक्षा गर्ने उनको भनाई छ।



प्रतिक्रिया दिनुहोस्