Logo

शंकर पोखरेलको प्रचण्डलाई प्रश्नः गन्तव्य एउटै हुँदा फरक बाटोमा किन ?



काठमाडौं, ११ पौष । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गन्तव्य एउटै भएपनि फरक बाटोमा रहेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् । आज माओवादीको महाधिवेशन उदघाटनमा स्वागत मन्तव्य दिदै पोखरेलले नेकपाको रक्षा गर्न नसकेकोमा दोष दिएर उम्कन नमिल्ने बताए ।

‘हाम्रो गन्तव्य एउटै छ फरक बाटोमा किन छौं,’ प्रचण्डले प्रश्न गरे । उनले स्वार्थमा अल्झँदा महान उद्देश्य बढ्न नसकेको टिप्पणी गरे ।

पोखरेलले एउटै गन्तव्य भएका कम्युनिस्टहरु एकजुट हुनुपर्ने बताए । उनले राष्ट्रियता र पूर्वाधारको विकासमा सबै दल एक हुनुपर्ने बताए ।

गिरिजाप्रसाद कोइरालाले तीनवटा क्रान्ति गर्ने सौभाग्य पाएको पुस्ता भनी आफूहरुलाई भनेको स्मरण गराउँदै पोखरेलले भने,‘यो देशले निर्माणमा क्रान्ति खोजेको छ ।’ परिवर्तन कुनै दल विशेषको कारण मात्र नभई सामूहिकताको परिणाम भएको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्