Logo

माओवादी महाधिवेशन, बन्दसत्र भोलि ११ बजे सुरु हुने



काठमाडौं, ११ पुस : नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र भोलि सुरु हुने भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भएको हो । उद्घाटनसत्र सकिएसँगै भोलिबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ ।

नेता जनार्दन शर्माका अनुसार भोलि विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने छ । देशभरबाट माओवादीका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन्। माओवादीय यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ ।



प्रतिक्रिया दिनुहोस्