Logo

भोलिदेखि सुरु हुने खोप अभियान स्थगित



काठमाडौँ, १२ पुस। काठमाडौंसहित ८ जिल्लाका बालबालिकालाई भोलिदेखि लगाइने भनिएको फाइजर खोप अभियान स्थगित भएको छ । खोपका लागि आवश्यक पर्ने सिरिञ्ज अभाव भएका कारण अभियान स्थगित गरिएको खोप शाखाले जनाएको छ ।खोप शाखाका प्रमुख सागर दाहालकाअनुसार सिरिञ्ज ल्याउने तयारी भइरहेकाले केही दिनमै खोप अभियान सुरु हुनेछ । यसअघि स्वास्थ्य मन्त्रालयले भोलिदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि खोप अभियान सञ्चालन हुने जनाएको थियो ।

यसअघि ५७ जिल्लामा सुरु भएको मोडर्ना खोप अभियान भने चलिरहेको छ । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको ४ गतेदेखि सुरु भएको खोप अभियान पर्सि १४ गतेसम्म चल्ने छ । काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा भने फाइजर खोप दिन लागिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot