Logo

प्रधानन्यायाधीश जबरा हटाउन डा. गोविन्द केसी प्रयोग !



काठमाडौं, १२ पुस । प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबरालाई हटाउनको लागि नेपाल बार एशोसिएशनका अगुवाहरुले डा. गोविन्द केसीलाई प्रयोग गर्न थालेको छ। प्रधानन्यायाधीश जबराले कुनैपनि हालतमा असंवैधानिक तवरले आफूले पद नछोड्ने अडान लिएपछि र बारको आन्दोलन दिन प्रतिदिन कमजोर बनेपछि बारका पूर्व अध्यक्षहरुको योजनाअनुसार डा. केसीलाई अघि सारिएको छ ।

पछिल्लो समय सर्वोच्च अदालत नियमित रुपमा सञ्चालन भैरहेको छ । केसीको नेतृत्वमा हिजो बृहत्त नागरिक आन्दोलनका अगुवाहरु सम्पत्ति शुद्धिकरण अनुशन्धान विभागमा जबराको सम्पत्ति छानबिन गर्न माग गर्दै पुगेका थिए । उनीहरुको माग जबराको मात्रै नभएर उनका आफन्तको पनि सम्पत्ति छानबिन हुनुपर्ने रहेको थियो ।

तर, कानून क्षेत्रका विज्ञहरुले भने नेपाल बार अब असंवैधानिक बाटोतर्फ अघि बढेको भनेर आलोचना गरिरहेका छन् । उनीहरुले प्रधानन्यायधाीश जबरालाई हटाउनको लागि गलत बाटो प्रयोग गरेको भनेर पनि आलोचना गरेका छन् । चिकित्सा स्वास्थ्य सुधारको लागि अनशन बस्दै आएका केसी पछिल्लो समय राजनीतिक विषयमा पनि विभिन्न माग र मुद्दा राखेर अघि सर्न थालेका छन् ।

केसीलाई अघि सार्न अधिवक्ता ओमप्रकाश अर्यालको भूमिका रहेको बुझिएको छ । सर्वोच्च अदालतमा गोलाप्रथा लागु भैसकेको छ । बारले अघि सारेका मागहरु अदालतमा सुनुवाई भैसकेको छ । तर, बारका केही अगुवाहरु भने प्रधानन्यायाधीश जबरालाई जसरी भएपनि हटाउने अभियानमा लागेका छन् ।

कतिपयले भने बारका पूर्व अध्यक्षहरु शम्भु थापा, प्रेमबहादुर खड्का र बरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, बद्रबहादुर कार्की, रमनकुमार श्रेष्ठ लगायतले बारको आन्दोलन असफल हुने भएपछि प्लान बीअनुसार केसीलाई अघि सारेको हो भनेरपनि भनेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot