Logo

अमेरिकालाई तालिवानको चेतावनी-अफगानिस्तान स्वतन्त्र राष्ट्र हाे, आन्तरिक मामिलामा हस्तक्षेप स्वीकार्य छैन



एजेन्सी, १२ पुस । अफगानी महिलाले मध्यम तथा लामाे यात्रा एक्लै गर्न नपाउने तालिवान सरकारले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएको छ। तालिवानले ७२ किलोमिटरभन्दा धेरै दुरी यात्रा गर्न महिलाको साथमा नातेदार पुरुष हुनुपर्ने नियम ल्याएको छ । यस नियमअनुसार महिलाले एक्लै यात्रा गर्न पाउने छैनन् ।

तालिवान सरकारका विदेशी राजनीतिक मामिलाका उपमन्त्री शेर मोहम्मद अब्बास स्टानिकजईले अमेरिकाले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताएका छन् ।आइतबार एक सभामा अफगानिस्तान एक स्वतन्त्र देश भएकाले बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताएका हुन् ।

उनले भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्, ‘दुश्मनले यो सोच्न हुँदैन कि अफगानिस्तान ४० वर्षको युद्धबाट कमजोर भएको छ । आवश्यक पर्यो भने हामीसँग अझै ४० वर्ष लड्ने क्षमता छ।’

बितेको चार दशकपछि अफगानिस्तानले स्वतन्त्र रूपमा आफ्नो निर्णय आफै लिन पाएको पनि बताए । उनले अफगानी नागरिकले आर्थिक समस्याका कारण सयौँले दिनहुँ देश छाडेको स्वीकार्दै छिमेकी देशसँग शरणार्थीहरूका लागि सीमा खोल्न तथा भिसाको नियम लागू गर्न पनि अनुरोध गरेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot