Logo

माओवादी महाधिवेशन विशेषः प्रतिनिधिहरुको निःशुल्क स्वास्थ्य परीक्षण



काठमाडौं, १२ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत आज बन्दसत्र जारी छ। बन्दसत्र प्रज्ञा भवन कमलादीमा मध्याह्र १२ बजेपछि सुरु भएको हो ।

बन्द सत्र सुरु हुनु अघि महाधिवेशन प्रतिनिधिहरुको स्वास्थ्य परीक्षण निशुल्क गरिएको छ । हलभित्र जानु अगाडी विभिन्न स्थानबाट आएका प्रतिनिधिहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।

महाधिवेशनमा नेपाल स्वास्थ्य अभियान युनेस्को समाजले प्रतिनिधिहरुको रगत, रक्तचाप, चिनीरोग र दन्तको निशुल्क स्वास्थ्य परीक्षण गरिरहेको छ । परीक्षण महाविधेशन अवधिभर चल्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot