Logo

प्रचण्डले को कोबाट देखे खतरा ?



काठमाडौं, १२ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अहिलेको परिवर्तनलाई उल्टाउने षड्यन्त्र भइरहेको उल्लेख गरेका छन् । उनले राजनीति निकै चुनौतीपूर्ण बन्दै गएको समेत बताएका छन् ।

प्रचण्डले दक्षिणपन्थीहरुको मोर्चाबन्दी भइरहेको भन्दै सचेत हुनुपर्ने बताए । उनको स्पष्ट संकेत गणतन्त्र, धर्मनीरपेक्ष र संघीयता विरोधी शक्तिहरु एक हुन खोजेकोतर्फ थियो । अहिलेको परिवर्तनमा राजावादी देखि संघीयता र धर्मनीरपेक्षविरोधीबाट खतरा भएको उनको भनाई थियो ।

पछिल्लो समय देशमा गणतन्त्र, धर्मनीरपेक्ष र संघीयताविरोधी नयाँ समूहहरु सक्रिय भइरहेको र उनीहरु मोर्चाबन्दीमा लागेको संकेत गर्दै प्रचण्डले माओवादीका सामु ठूलो जिम्मेवारी आएको बताए । अहिलेको परिवर्तन माओवादीले ल्याएको भन्दै यसलाई जोगाउने जिम्मेवारी पनि माओवादीकै काँधमा आएको उनले बताए ।

प्रचण्डले कम्युनिस्ट एकतामा जोड दिए । माओवादी शक्ति देखि अग्रगामी कम्युनिस्टबीच एकता जरुरी रहेको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot