Logo

चर्चित पप गायिका माएटालाई पनि सर्पले टोक्यो



एजेन्सी, १२ पुस। हलिउड पप गायिका माएटालाई पनि सर्पले टोकेको छ । हलिउड पप गायिका माएटालाई म्युजिक भिडियो सुटिङ गर्ने क्रममा सर्पले टोकेको हो । माएटाले आफूलाई सर्पले टोकेको भिडियो इन्स्टाग्राममा शेयर गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा ‘फेरि कहिल्यै हुँदैन’ क्याप्सन लेखेर भिडियो पोस्ट गरेकी छन् । भिडियोमा उनी सर्पसँग फोटोसुटमा व्यस्त छिन् । त्यही बीचमा कालो रंगको सर्पले उनको चिउडोमा टोक्छ । सर्पको टोकाईका कारण डराएकी मेटाले तुरुन्तै सर्पलाई फ्याक्छिन् ।

पिपुल म्यागजिनका अनुसार माएटाको म्युजिक भिडियोमा प्रयोग गरिएको सर्प विषालु थिएन । माएटा आर एण्ड बी गायिका हुन् । २१ वर्षकी माएटाले किशोर अवस्थामै साउण्डक्लाउडमा आफ्ना गीत पोस्ट गर्न थालेकी थिइन् ।

 



प्रतिक्रिया दिनुहोस्