Logo

सिमल्टार खानेपानी आयोजना सम्पन्न, २२५ घरधुरी लाभान्वित हुने



तनहुँ, १२ पुस ।  बन्दिपुर–२ सिमल्टारमा लिफ्टेड खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएको छ । २०७५ सालमा शिलान्यास भएको १ करोड ५१ लाख रुपैयाँको लागतमा निर्माण सुरु भएको उक्त आयोजना ४ वर्षपछि सम्पन्न भएको हो ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष एवं नेविसंघका नेता रोजन बानियाँले सुरु गरेको ४ वर्षमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको जानकारी दिए । बानियाँले चाडै नै उक्त योजनाको उद्धघाटन गरिने बताए ।

आयोजनाको शिलन्यास ४ वर्ष अगाडी नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले गरेका थिए । जिल्ला खानेपानी तथा सरसफाइ डिजिजन कार्यालय तनहुँको प्रत्यक्ष सहयोगमा ३३ प्रतिशत स्थानिय श्रमदानमा उक्त आयोजना सम्पन्न गरिएको हो ।

उक्त आयोजनाबाट २ सय २५ घर धुरी लाभान्वित हुने भएका छन् । दिव्येश्वरी निर्माण सेवा गार्खाले उक्त आयोजना सम्पन्न गरेको हो । अत्याधुनिक प्रविधि लिफ्ट प्रयोग गरिएको आयोजनाको पानी सिमल्टार, चामुण्डास्थान र धारापानीका स्थानियले प्रयोग गर्न पाउने भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot