Logo

केटी र प्रहरीलाई होटलको कोठामा थुनेर प्रहरीकै मोटरसाईकलमा भागेका थिए कैदी



दाङ, पुस १३ । घोराही कारागारबाट कैदी भागेको घटनामा जिल्ला प्रहरी कार्यालय दाङले जेलर र प्रहरी हवल्दारलाई पक्राउ गरेको छ ।

तत्कालिन जेलर युवराज परियार, कारागारका प्रहरी ईन्चार्ज, प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन र प्रहरी हवल्दार गणेश बहादुर थारुलाई हिजो साँझ पक्राउ गरिएको घोराही कारागारका जेलर अमरबहादुर ओलीले बताए ।

परियारलाई जेलरबाट मुक्त गरि जिल्ला प्रशासन कार्यालयमा तानिएपछि ओलीलाई नयाँ जेलरका रुपमा घोराही कारागारामा खटाईएको थियो ।

कैदी भगाउन सहयोग गरेको देखिएपछि तत्कालिन जेलर परियार, प्रहरी ईन्चार्ज र हवल्दारलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरिले जनाएको छ ।

यसअघि दुई जना महिला, प्रहरि जवान धनवहादर चौधरी र अर्का एक जना पुरुष पक्राउ परिसकेका छन् । हत्या आरोपमा जेल जिवन विताइरहेका यमराज परियारलाई उपचार गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका धनवहादुर चौधरी, अस्पताल नगइ होटलमा पुगेको र परियार त्यहीबाट प्रहरीको मोटरसाईकल लगेर भागेको देखिएको प्रहरिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्