Logo

सिनियर सेन्ट्रल जोन भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै



काठमाडौं, १३ पुस । बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिला तर्फको उपाधिका लागि नेपाल आज (मंगलबार) उज्वेकिस्तानसँग भिड्दै छ ।

बंगलादेशको ढाकामा हुने फाइनल खेल अहिले ११ः१५ बजे सुरु हुनेछ ।

नेपालले आज उज्वेकिस्तानलाई हराउदै आफ्नो अपराजित यात्रा कायम राख्दै उपाधि जित्ने योजनामा रहेको छ ।

तर, उज्वेकिस्तान पनि आज नेपाललाई हराउदै उपाधि जित्न चाहन्छ ।

साथै, महिलातर्फको तेस्रो स्थानका लागि श्रीलंका र किर्गिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।

पुरुषतर्फको खेलमा नेपालले आज तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot