हाइड्रोपावर परीक्षणको क्रममा मृत्यु भएका दुई इन्जिनियरको अनुसन्धान गर्न छानबिन समिति गठन


काठमाडौँ, १३ पुस । सोलखुम्बु जिल्लामा निर्माणाधीनसोलुखोला (दूधकोशी) जलविद्युत् आयोजनामा दुई इन्जिनियरहरूको मृत्यु भएपछि सरकारले छानबिन समिति गठन गरेको छ ।

दुई इन्जिनियरहरूको मृत्यु भएको विषयमा आवश्यक अनुसन्धान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा समिति गठन गरेको हो । ३ सदस्यीय छानबिन समितिले यो घटनाको कारणसहितको प्रतिवेदन सरकारलाई बुझाउने छ ।

सोमबार आयोजनाको पेनस्टक पाइप परीक्षणका क्रममा उक्त पाइप फुटेर २ जना इन्जिनियरको ज्यान गएको थियो । भने परियोजनाका व्यवस्थापक गम्भीर घाइते भएका थिए ।