Logo

एसियन सेन्ट्रल जोन भलिबलः महिलातर्फको उपाधि नेपाललाई



काठमाडौं, १३ पुस । नेपालले एसियन सिनियर सेन्ट्रल जोन महिलातर्फको उपाधि जितेको छ । बंगलादेशको ढाकामा आज (मंगलबार) भएको खेलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालले उपाधि उचाल्न सफल भएको हो ।

नेपालले पहिलो सेट २५–२४ ले जितेको थियो । दोस्रो सेटमा उज्वेकिस्तान २५–२४ ले जित्यो । तर, तेस्रो सेट नेपालले २५–१५ ले जित्यो ।

चौंथो सेट उज्वेकिस्तानले २५–२२ ले जित्दै खेल २–२ को अवस्थामा पुर्यायो । पाँचौं तथा निर्णायक सेट १५–१० ले आफ्नो बनाउँदै नेपाल जित निकाल्न सफल भएको हो ।

नेपालले आफ्नो अपराजित यात्रा कायम राख्दै लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

तस्विरः नेपाल भलिबल एसोसियसन



प्रतिक्रिया दिनुहोस्

Screenshot