Logo

भारतको राष्ट्रिय सुरक्षा सल्लाकार उपप्रमुख विक्रम मिश्री को हुन् ?



एजेन्सी, १३ पौष । भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार उपप्रमुखमा विक्रम मिश्री नियुक्त भएका छन् । उनी हालैमात्र चीनका लागि राजदूतको कार्यभार पूरा गरी भारत फर्किएका थिए ।

चीनसँग भारतको सम्बन्ध बिग्रदाको समयमा मिश्री राजदूत थिए । गलावन उपत्यकामा भारत र चीनका सैनिकबीच झडपपछि भएको वार्तामा उनी सहभागी थिए । कार्यभार पूरा भएलगत्तै उनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले महत्वपूर्ण जिम्मेवारी तोक्नुलाई चासोका साथ लिइएको छ ।

मिश्री सन् १९८९ बाट भारतको विदेश सेवामा कार्यरत थिए । म्यानमार र स्पेनका लागि समेत राजदूत बनेका थिए । भारतको विदेश मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा पनि मिश्रीले काम गरेका थिए ।

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निजी सचिवका रुपमा सन् २०१२ देखि २०१४ सम्म काम गरेका थिए । नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि उनी तीन महिना निजी सचिवका रुपमा काम गरे । सन् १९४७ मा भारतका प्रधानमन्त्री आइ के गुजरालको पनि निजी सचिव बने ।

श्रीनगरमा जनिमएका विक्रम मिश्री दिल्लीको हिन्दु कलेजबाट स्नातक गरेका थिए । सरकारी सेवामा प्रवेश गर्नुअघि विज्ञापन र सम्बन्धित फिल्म बनाउने काम पनि गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्