Logo

सम्पदा पुनः निर्माणमा विश्वामित्र गणेश माविका विद्यार्थीद्वारा रकम समर्पण



ललितपुर, १३ पौष । आफ्नो विद्यालय जुन सम्पदाबाट नामाकरण भएको हो त्यसको पुनः निर्माणमा विद्यार्थीहरुले पनि योगदान गरेका छन् । महालक्ष्मी नगरपालिका ८ स्थित ज्यामिरकोटमा रहेको विश्वामित्र गणेशको पुनः निर्माणमा विश्वामित्र गणेश माविका विद्यार्थीले खाजा खर्च जोहो गरी योगदान गरेका हुन् ।

विश्वामित्र गणेश माविको बालकालिका क्लबले रकम संकलन गरेको हो । प्रत्येक विद्यार्थीले १० देखि ५०० रुपैयाँसम्म समर्पण गरेका छन् । झण्डै ३ सय विद्यार्थीबाट कुल १० हजार ६ सय १५ प्राप्त भएको मन्दिर निर्माण व्यवस्थापन समितिका संयोजक बेदबहादुर खड्काले जानकारी दिए ।

विश्वामित्र गणेश मावि स्थानीय र नगरपालिकाको सहयोगमा पुनः निर्माण भइरहेको छ । रमणीय ठाउँमा रहेको उक्त ऐतिहासिक मन्दिर नजिकै विद्यालय पनि छ ।



प्रतिक्रिया दिनुहोस्