Logo

स्मार्ट लाइसेन्सको छपाइ पुनः सुरु



काठमाडौं, पुस १४ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु गरेको छ । कार्ड नभएकाले विगत एक वर्षदेखि छपाइ बन्द थियो । फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याइएपछि छपाइ सुरु भएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवको उपस्थितिमा मङ्गलबारबाट लाइसेन्स छपाइ सुरु गरिएको विभागले जनाएको छ ।

झन्डै सात लाख प्रति लाइसेन्स छाप्न बाँकी छ । विभागले तीन सिफ्टमा दैनिक सातदेखि १० हजार प्रति कार्ड छाप्ने जनाएको छ । एक महिनाभित्रै लाइसेन्स दिने व्यवस्था मिलाइएको छ । विभागले नयाँ आवेदन खुला गरिरहेको छ ।

विभागका प्रवक्ता डा लोकनाथ भुसालले भने, “बाँकी रहेका लाइसेन्सलाई पहिलो प्राथमिकता दिएर छपाइ हुनेछ । आवेदन दिएकामध्ये २५र३० प्रतिशतले ट्रायल पास गर्छन् । अब थप सात लाख प्रति लाइसेन्स आए पनि सेवा दिन सकिन्छ ।”



प्रतिक्रिया दिनुहोस्