Logo

पूर्वाधार निर्माणमा हेलचेक्‍य्राइँले दुर्घटना बढ्दै



काठमाडौं, पुस १४ । पूर्वाधार निर्माणमा दुर्घटना अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, चीनलगायतका विकसित मुलकमा पनि हुन्छन्।

त्यहाँ पूर्वाधार निर्माण गर्दा पर्याप्त सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि दुर्घटना हुन्छन्। तर नेपालमा भने पर्याप्त मात्रामा सुुरक्षा सावधानी नअपनाउँदा र हेलचक्र्याइँका कारण निर्माणाधीन आयोजनामा बारम्बार दुर्घटना हुने गरेको देखिन्छ। यस्ता दुर्घटनामा दक्ष प्राविधिक र सामान्य मजदुरसमेतको ज्यान जाने गरेको छ।

सोलुखुम्बु जिल्लामा निर्माणाधीन ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत् आयोजनाको वर्कसपमा पेनस्टक पाइप परीक्षणका क्रममा दुर्घटनामा परी आइतबार दुई इन्जिनियरको ज्यान गएको छ।

यसअघि २०७७ असार ३० गते पनि मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण क्रममा इन्जिनियर सतिश गोइतको ज्यान गएको थियो।

त्यस्तै २०७५ फागुन ९ गते वीर अस्पतालको सर्जिकल भवनको सामान ओसार्ने लिफ्ट चुडिँदा नवीनकुमार र भूमिकुमार चौधरीको ज्यान गएको थियो। पाइपलाइन खन्ने तथा बिछ्याउने क्रममा २०७४ असार ३० गते काठमाडौंको सीतापाइलामा माटोले पुरिएर तीन कामदारको ज्यान गएको थियो।

पछिल्लो समय पूर्वाधार निर्माणमा गम्भीर प्रकृतिका दुर्घटना दोहोरिरहेका छन्। निर्माण कम्पनीको लापरबाही या प्राविधिक त्रुटि कारण जे भए पनि निर्माण क्षेत्रमा कार्यरत इन्जिनियर र मजदूर असुरक्षित देखिन थालेका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot