Logo

लिभरपुल लिसेस्टरसँग स्तब्ध



एजेन्सी, १४ पौष । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधिको होडमा रहेको लिभरपुल लिसेस्टर सिटीसँग स्तब्ध भएको छ । गएराति भएको खेलमा लिसेस्टरले लिभरपुललाई १-० ले पराजित गरेको हो ।

यो सिजनमा लिभरपुलको दोस्रो हार हो । खेलमा लिभरपुल प्रभावशाली देखिएपनि गोल गर्न चुक्यो । लिभरपुलका स्टार खेलाडी सालाह १५औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोल गर्नबाट चुके ।

खेलको ५९औं मिनेटमा लुकम्यानले गोल गरी लिसेस्टरलाई अग्रता दिलाए । यही गोल नै निर्णायक बन्यो । यो सिजनको नयाँ वर्ष अगाडि इंग्लिस प्रिमिर लिगमा म्यानचेस्टर सिटी पहिलो स्थानमा कायमै रहन सफल भएको छ ।

यसैगरी क्रिस्टल प्यालेसले नर्विक सिटीलाई ३-० ले पराजित गरेको छ । वेप्टह्यामले वाटफोर्डलाई ४-१ ले पराजित गरेको छ । टोटनह्यामलाई साउथेप्टनले १-१ को बराबरीमा रोकेको छ ।



प्रतिक्रिया दिनुहोस्