Logo

‘स्वतन्त्र राष्ट्रिय अभियान नेपालद्वारा पूर्व प्रधानन्यायाधीश र सर्वोच्चका सबै न्यायाधीशहरुको सम्पत्ति छानबिन गर्न माग’



काठमाडौं, १४ पुष । स्वतन्त्र राष्ट्रिय अभियान नेपाल (आईएनसी, नेपाल) ले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश र वर्तमान न्यायाधीशहरुको सम्पति छानविन गर्न माग गर्दै उजुरी दर्ता गर्ने भएको छ । अधिवक्तासमेत रहेका अभियानका संयोजक स्वागत नेपालले अहिले उजुरीको मस्यौता तयार पारिएको जनाए ।

उनले सकेसम्म आजै उक्त प्रस्ताव दर्ता गरिने पनि रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । स्रोतकाअनुसार अब दर्ता हुने उजुरीमा भने २०६३ सालपछिका सर्वोच्च अदालतका प्रधानन्यायाधीश र वर्तमान न्यायाधीशको सम्पति छानविन गर्न माग गरिने भएको छ ।

अहिले सर्वोच्चका बहालवाला न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद प्याकुरेल, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, टंकबाहदुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाल फुयाँल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् ।

त्यस्तै, पूर्व प्रधानन्यायाधीशहरुमा दिलिपकुमार पौडेल, केदारप्रसाद गिरी, मिनबहादुर रायमाझी, अनुपराज शर्मा, रामप्रसाद श्रेष्ठ, खिलराज रेग्मी, दामोदरप्रसाद शर्मा, रामकुमार प्रसाद शाह, कल्याण श्रेष्ठ, सुशीला कार्की, गोपाल पराजुली, ओमप्रकाश मिश्रको सम्पत्ति छानबिन हुनुपर्ने बताईएको छ । स्वतन्त्र कानुन व्यवसायीहरुले हाल्ने उजुरीमा नेपाल बारका पदाधिकारी र बारका पूर्व अध्यक्षहरुको पनि सम्पत्ति छानबिनको माग गर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot