Logo

चुरे संरक्षणका लागि वृक्षरोपण



सप्तरी, १४ पुस । चुरे क्षेत्रको संरक्षणका लागि नेपाली सेनाको टोलीले रुपनीमा वृक्षरोपण सुरु गरेको छ । रुपनी गाउँपालिका–५ स्थित दुधैला खोला ईलाकामा नेपाली सेनाले वृक्षरोपण सुरु गरेको हो ।

जिल्ला वन कार्यालयसँगको सहकार्यमा भीम दल गणले एक हजार २०० मगहनी, एक हजार मसला, ९०० खयर, ९०० तेजपत्ताका बिरुवा गरी चार हजार बिरुवा लगाइएको गणपति प्रमुख सेनानी नीरज भण्डारीले बताए । सो क्षेत्रमा रहेको प्रसिद्ध शनि मन्दिरसम्मको बाटो बनाउने काममा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको र वृक्षरोपण अभियानलाई स्थानीयले निकै रुचाएको उपेन्द्र साहले बताए

श्री नं २७ बाहिनीपति सहायक रथी हेमराज केसीको विशेष उपस्थितिमा भएको वृक्षरोपण कार्यक्रमका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, सशस्त्र प्रहरी ६ नं गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठलगायत जनप्रतिनिधि, त्रिशक्ति र शनिदेव वन उपभोक्ता समितिका पदाधिकारीको सहभागिता थियो । तस्बिरः नानीमैया कटवाल÷रासस



प्रतिक्रिया दिनुहोस्