Logo

यी मानिस कोरोनाविरुद्धको भ्याक्सिनबाट भाग्न रुख चढे (भिडियोसहित)



एजेन्सी, १४ पौष । कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्न वैज्ञानिकहरुले निकै मिहेनत गरेका छन् । कम्पनीहरुले अरबौंको धनराशी खर्च गरेका छन् । राज्यले आफ्नो कोषबाट कोरोना विरुद्धको भ्याक्सिनलाई अभियान चलाएको छ । तर, कतिपय मानिसहरु अझै भ्याक्सिनबाट डराएका छन् ।

भ्याक्सिन लगाइदिन स्वास्थ्यकर्मी घरमै पुगेपछि भारतको पन्डुचरीमा एकजना मानिस भागे । कोरोना भाइरसविरुद्धको भ्याक्सिन क कस्ले लगाएको छैन भनी बुझ्न गएको टोलीले ती व्यक्तिले नलगाएको जानकारी पाएपछि भेट्न पुग्यो । तर, ती व्यक्ति भागे ।

भिल्लानुर नजिकैको गाउँका ४० वर्षीय मानिस रुख चढे । उनलाई सम्झाउन स्वास्थ्यकर्मीले रुखबाट ओर्लन भने । तर, उनी मानेनन् । स्वास्थ्यकर्मीले उक्त स्थान छाडेपछि बल्ल उनी रुखबाट झरे । यो भिडियो अहिले सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ ।

पन्डुचरी सरकारले शतप्रतिशत नागरिकलाई भ्याक्सिन लगाउने कार्यक्रम बनाएको छ । घरदैलो गरेर भएपनि सबैलाई भ्याक्सिन लगाउने कार्यक्रम चलाएको छ ।

उनीहरुले कोन्नेरिकुपम गाउँ पुग्दा ती व्यक्तिले भ्याक्सिन लगाउन नपाएको जानकारी पाएर घरमै पुगेका थिए । उनीहरुलाई देख्नेवित्तिकै ती व्यक्ति रुख चढेका थिए ।

छिमेकी र स्वास्थ्यकर्मीले उनलाई भ्याक्सिन लगाउनुपर्ने आवश्यकता औल्याएका थिए । निकै सम्झाउँदा पनि मानेनन् । स्वास्थ्यकर्मीलाई पनि रुखमै चढ्न भने । झर्न नमानेपछि स्वास्थ्यकर्मीले उक्त स्थान छाडेका थिए ।



प्रतिक्रिया दिनुहोस्