Logo

प्रदेश नम्बर २ लोसपा विवाद टुँग्गिएन, असन्तुष्ट नेताहरुको माग अध्यक्ष ठाकुरले अस्विकार गरे



काठमाडौं, १४ पुष । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको प्रदेश नम्बर २ को विवाद झनै चर्किएको छ । अध्यक्ष ठाकुर पक्षले एकलौटी ढंगले जिल्ला अध्यक्ष र प्रदेश प्रमुख तोकेको भन्दै असन्तुष्ट नेताहरुले पार्टी कार्यालयमा धर्ना दिएका थिए ।

उनीहरु आज अध्यक्ष ठाकुरसँग वार्ता गर्नपनि गएका थिए । तर, आफूहरुको मागप्रति ठाकुरले कुनै सकारात्मक प्रतिक्रिया नदिएको र पूर्व निर्णय यथावत रहेको बताएपछि वार्ता असफल भएको नेता रमणकुमार पाण्डेले जनाए । उनले पार्टीमा टिके प्रथा आफूहरुलाई मान्य नहुने बताए ।

उनले नेताहरुले आफ्नो निजी खल्तीबाट नाम झिकेर पार्टीमा जिम्मेवारी दिने हो भने पार्टी कसरी लोकतान्त्रिक हुन्छ भनेर पनि प्रश्न गरे । उनले भने,‘हाम्रो पार्टीमा अहिले अलोकतान्त्रिक निर्णय भएको छ। यो निर्णय पूनरावलोकन हुनुपर्छ भनेर हामीले दबाब दिँदै आएका छौं ।

तीन दिनदेखि हामीले पार्टी कार्यालयमा धर्ना पनि दियौं । तर, कोही पनि शीर्ष नेताहरु गम्भीर भएनन् । हिजो बरु अनिल झा आउनुभएको थियो ।’ यसअघिको निर्णय पूनरावलोकनको लागि गरिएको मागप्रति अध्यक्ष ठाकुर असहमत भएको पनि पाण्डेले जनाए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot