Logo

प्रचण्डले भने : लोकतान्त्रिक तरिकाले नयाँ नेतृत्व चयन हुन्छ



काठमाडौं, १४ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा लोकतान्त्रिक तरिकाले नेतृत्व चयन हुने स्पष्ट पारेका छन् । पार्टीको आठौं महाधिवेशनअन्तर्गतको चौथो दिनको बन्दसत्रमा आज ११ समूहका टोली नेताले सुझावसहित निश्कर्ष सुनाएका छन् ।

आज प्रज्ञा भवनबाट बाहिरिने क्रममा दाहालले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै राम्रोसँग लोकतान्त्रिक तरिकाले नेतृत्व चयन प्रक्रिया अघि बढ्ने बताएका हुन् ।

माओवादी बन्दसत्र : कुन टोली नेताले के निष्कर्ष सुनाए ?

बन्दसत्रमा बुधबार ११ समूहका टोली नेताले छलफलको निष्कर्ष सुनाएका छन् । अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले पेस गरेको विधान परिमार्जन प्रस्तावमाथि छलफलका लागि २५ वटा समूह बनाइएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot