Logo

इन्भेष्टमेन्ट बैंकले माघ ४ गते डाक्यो विषेश साधारण सभा



काठमाडौं, १५ पुस । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले विषेश साधारण सभा बोलाएको छ । बैंकको विषेश साधारण सभा माघ ४ गते दरवारमार्ग, काठमाडौं स्थित बैंकको केन्द्रिय कार्यालयमा विहान ११ बजे बोलाइएको हो ।

सभामा नेपाल इन्भेष्टमेन्ट बैंक लि र हिमालयन बैंक लिमिटेड एक आपसमा गाभ्न गाभिने मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने, नेपाल इन्भेष्टमेण्ट बैंकले हिमालयन बैंक लिमिटेडसँग एकआपसमा गाभ्ने गाभिने मर्जर प्रयोजनको लागि दुवै संस्थाको चल(अचल सम्पत्ति तथा दायित्व मल्याङ्गन प्रतिवेदन गर्न नियुक्त गरेका लेखापरीक्षक मल्याइनकताको नियुक्ती तथा निजलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गर्ने, नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक लिमिटेड एकआपसमा गाभिए मजर पश्चात् बैंकका प्रबन्धपत्रको दफा १ तथा नियमावलीको नियम १ लगायत सम्बन्धित दफा नियममा समेत संशोधन गरी बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड हुने गरी संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिने छ ।

त्यसैगरी, विशेष साधारण सभा प्रायोजनका लागि पुस २५ गते बुकक्लोज गर्ने भएकोले पुस २२ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा सहभागी हुन पाउने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्