Logo

खल्तीले गर्यो तिलाठी कोईलाडी गाउँपालिकासँग सम्झौता



काठमाडौं, १५ पुस । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले तिलाठी कोईलाडी गाउँपालिकासँग सम्झौता गरेको छ । सम्झौतापछि गाउँपालिकाले करिब साढे चार हजार किसान परिवारलाई आर्थिक अनुदान स्वरुप सिँचाइ र कृषि प्रयोजनमा विद्युतीय उपकरण प्रयोग गरेबापत किसानको कृषि मीटर महसुल तथा घरको बिजुलीको महसुल तिर्ने जनाएको छ ।

सो योजनाको कार्यान्वयनमा ‘खल्ती’ ले डिजिटल प्रविधिबाट भुक्तानीमा सहयोग गर्ने छ । सप्तरी जिल्लाको दक्षिणपूर्वी पूर्वी भेगमा अवस्थित तिलाठी कोईलाडी गाउँपालिकामा यसअघि सिंचाइ र खेतीका लागि किसानले अधिकतम शुल्क पर्ने डिजल उपकरणबाट कृषिका काम गरिरहेका थिए ।

यो आर्थिक अनुदान कार्यान्वयनमा आएसँगै अब न्युनतम शुल्कमा आधुनिक प्रविधि प्रयोग गरि विभिन्न कृषिजन्य कामका लागि विद्युतीय उपकरणहरु प्रयोग गर्न सक्नेछन् ।

यस योजनाअन्तर्गत तिलाठी कोईलाडी गाउँपालिकाले प्रति घर वार्षिक अनुदान एक हजार दुई सय रुपैयाँ कृषि मीटरको महसुल भुक्तानीका साथै प्रति घरको प्रति महिनाको बिजुलीको महसुल ५० रुपैयाँ अनुदान दिने भएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot