Logo

घरेलु मैदानमा बराबरीमा रोकियो चेल्सी



काठमाडौं, १५ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको छ ।

चेल्सीको घरेलु मैदानमा बुधबार राति भएको चेल्सी ब्राइटनबीचको खेल १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको २८औं मिनेटमा रोमेरो लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाएका थिए ।

सुरुवाति अग्रता बनाएको चेल्सी अन्तिम समयमा सम्हालिन नसक्दा अंक बाड्न बाध्य भएको थियो ।

खेलको इन्जुरी समयमा ड्यानी वेलबेकले गोल गर्दै ब्राइटनलाई हारबाट जोगाएका थिए ।

यस बराबरीसँगै चेल्सी २० खेलमा ४२ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।

ब्राइटन २४ अंकका साथ दशौँ स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्