Logo

पूर्वपश्चिम राजमार्ग अनिश्चितकाल बन्द गर्ने डा. सीके राउतको घोषणा



काठमाडौँ, १५ पुस। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आज (बिहिबार)देखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकाल बन्द गर्ने घोषणा गरेको छ । पार्टी अध्यक्ष राउतले हिजो (बुधवार) राति विज्ञप्ती जारी गरेर १५ पुसदेखि पूर्वपश्चिम राजमार्ग दिउँसोको समयमा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको हो ।

किसानको मुद्दा बोकेर आन्दोलन सुरु गरेको पार्टीले मधेसका जिल्लामा हुने संघीय मन्त्रीहरुको कार्यक्रममा समेत विरोध गर्ने जनाएका हुन् ।किसान आन्दोलनका सात बुँदे मागमध्ये कुनैपनि माग पूरा नगरेकाले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रीस्तरीय-उच्चस्तरीय वार्ता समिति समेत गठन नगरेको र किसान आन्दोलनको ज्ञापनपत्र लिनसमेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अस्वीकार गरेर अहंकार प्रदर्शन गरेको राउतले आरोप लगाएका छन् । जनमत पार्टीले सिरहाको औरही गाउँपालिकाले आफ्नो भण्डार कक्षबाट गहुँको बीउ लुटेको आरोपमा चार किसानमाथि अपराधिक उपद्र सम्बन्धी मुद्दा दर्ता गराएको र तीमध्ये मिथिलेश यादव पक्राउ परेपछि पुस ९ गतेबाट जनमत पार्टी आन्दोलन सुरु गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot