Logo

अब विदेश भ्रमण जानेले २ पटक मात्र अमेरिकी डलर सटही गर्न पाउने



काठमाडौं, १५ पुस । अबदेखि विदेश भ्रमणमा जाने नेपाली नागरिकले वर्षमा २ पटकमात्रै अमेरिकी डलर सटही गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकको अनुसार अब एकपटकमा १५ सय अमेरिकी डलर वा सो बराबरको परिवत्य विदेशी मुद्रासहितको सटही सुविधा पाउने भएका हुन् ।

यसको साथै सटही सुविधा लिन सम्भव भएसम्म व्यक्ति नै उपस्थित हुन पर्ने व्यवस्था बैंकले गरेको छ ।
सटही सुविभा लिएको १ महिनाभित्र विदेश भ्रमण जान नपरेमा सो विदेशी मुद्रा बैंकमै दाखिला गर्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot