Logo

बलिउड अभिनेत्री नोरा कोरोना संक्रमित



एजेन्सी, १५ पुस । बलिउड अभिनेत्री नोरा फतेहीलाई कोरोना संक्रमण पुष्टि भएको छ । चर्चित अभिनेत्री नोराले सामाजिक सञ्जालमार्फत् आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् । कोरोना पुष्टि भएसँगै नोराले आफ्नो स्वास्थ्य अवस्था निकै खराब भएको समेत बताएकी छिन् ।

सोसल मिडिया इन्स्टाग्राम स्टोरीमा नोराले लेखेकी छिन्, ‘अहिले म दूर्भाग्यबस कोरोनासँग लडिरहेको छु । म डाक्टरको सल्लाह अनुसार क्वारेन्टाइनमा छु । स्वस्थ्य रहनुहोला, सबैले मास्क लगाउनुहोला । यो चाँडो भन्दा चाँडो फैलिने र सबैलाई विभिन्न तरिकाले असर गरिरहेको हुन्छ । सचेत रहनुहोला संक्रमण सबैलाई हुनसक्छ । म अहिले निको भइरहरेको छु । आफ्नो स्वास्थ्य भन्दा अरु केही महत्वपूर्ण हुदैन ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot