Logo

कोरोना संक्रमित पत्ता लागेपछि फ्लाइटको शौचालयमा पाँच घन्टा



एजेन्सी, १६ पौष । उनलाई खोकी लाग्यो । घाँटी पोले जस्तो भयो । हतार हतार शौचालय गइन् । साथमा कोरोना भाइरसको टेष्ट गर्ने किट थियो । चेकजाँच गरिन् । कोरोना भाइरस संक्रमण पत्ता लाग्यो । त्यसपछि शौचालयबाट निस्किइनन् । उनलाई एयर होस्टेसले खानालगायत आवश्यक सामाग्री शौचालयमै पुर्याए ।

यो घटना अमेरिकाबाट आइसल्यान्डका लागि उडेको फ्लाइटको हो । मरिसा फोटिओले फ्लाइटमा रहेका १५० यात्रुलाई नसरोस् भनेर यस्तो कदम चालेकी हुन् । यसको भिडियो टिकटकमा राखिएको छ जसलाई दशौं लाखले हेरेका छन् ।



प्रतिक्रिया दिनुहोस्