Logo

हिमपातले खासामै रोकियो नेपाली समान



सिन्धुपाल्चोक, पुस १६। हिमपातका कारण चीनबाट ल्याइएको सामान बोकेका ट्रक/ट्रेलर तातोपानी नाकाबाट भित्रिन सकेका छैनन् । सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले तिब्बती क्षेत्रमा भएको भारी हिमपातका कारण तातोपानी आउन लागेका ४० फुटे ट्रकरट्रेलर खासा बजारसम्म पनि आउन नसकेको जानकारी दिए । नेपाली व्यापारीले झिकाएको स्याउ बोकेका ती ट्रेलर तिब्बतको न्यालममै रोकिएका हुन् ।

पार्किङ गरेर राखिएका कन्टेनररट्रेलर पनि हिउँले पुरिएका छन् । सडकमा हिउँ जमेका कारण ट्रेलर र कन्टेनर चलाउन सक्ने अवस्था नभएको शेर्पाले बताए । हाल खासा, न्यालमलगायतका क्षेत्रमा हिमपात भइरहेकाले केही दिन कन्टेनर आउन नसक्ने तिब्बती अधिकारीबाट जानकारी आएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौत्तमले जनाए । हिमपात हुनुअघि चीनबाट दैनिक १० कन्टेनर भित्रिने गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्