Logo

बिरालोका कारण कोरियामा सयभन्दा बढी घरमा आगलागी



एजेन्सी, १६ पौष । दक्षिण कोरियामा तीन वर्षमा सयौं घरमा आगलागीको रेकर्ड भयो । कारणबारे पनि अध्ययन भयो । आगलागीमध्ये एक सयभन्दा बढीको कारण बिरालो नै रहेको निष्कर्ष निस्कियो ।

राजधानी सियोलको नगर अग्नी र प्रकोपसम्बन्धी विभागले तीन वर्षमा १०७ घरमा बिरालोको कारण आगलागी भएको जनाएको छ । बिरालोले विद्युतीय स्टोभको स्वीच अन गरेकाले भएको अनुसन्धानबाट खुलेको हो ।

बिरालो पाल्नेहरुलाई आगलागी गर्ने वस्तुहरु हटाउन सुझाव दिएको छ ।



प्रतिक्रिया दिनुहोस्