Logo

एनसीसी बैंकका ग्राहकलाई होटल सिराइचुलीमा आकर्षक छुट



काठमाडौं, १६ पुस । एनसीसी बैंक र चितवनको भरतपुरस्थित् होटल सिराइचुलीबीच सम्झौता भएको छ । बैंक र ४ तारे होटलबिच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको हो ।

दुई कम्पनीबीच एनसीसी बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई होटलमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने बारे सम्झौता भएको हो ।

सम्झौतापछि होटलले फुड एण्ड बेभरेजमा १० प्रतिशत, र एकोमोडेसनमा २५ प्रतिशत छुट उपलब्ध गराउनेछ । हाल सम्म एनसीसी बैंकको कार्ड नभएका गा्रहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन एनसीसी बैंकले इन्स्टयान्ट कार्डको व्यवस्था पनि गर्ने भएको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा ११ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त एनसीसी बैंकले ग्राहकहरु माझ थुप्रै खालका सेवा सुविधाहरु ल्याउँदै आएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot